Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

प्रधानमन्त्री प्रचण्ड र वैज्ञानिक महावीर पुनबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री प्रचण्ड र वैज्ञानिक महावीर पुनबीच भेटवार्ता, के भयो कुराकानी ?


  • 1.8K
    Shares

    प्रधानमन्त्री प्रचण्ड र वैज्ञानिक महावीर पुनबीच भेटवार्ता, के भयो कुराकानी ?
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वैज्ञानिक महावीर पुनबीच भेटवार्ता भएको छ । आज (मंगलबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र पुनबीच भेटवार्ता भएको हो ।

    भेटको क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास बिना नेपालको विकास सम्भव नभएको बताए । उनले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा वैज्ञानिक पुनसँगको भेटमा विज्ञान र प्रविधिको विकासमा जोड दिन सरकारले पनि थप पहल गर्ने आश्वास दिएका छन् ।

    ‘वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाई नेपालको विकास हुँदैन,’ उनले भने, ’नेपाल स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँच्ने अवस्थातिर जाँदैन ।’ वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएकोमा उनले जोड दिए । ‘अहिलेको युग नै विज्ञान र प्रविधिको हो । जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन,’ प्रधानमन्त्रीले भने ।

    विज्ञान र प्रविधिको क्षेत्रमा देखा परेका अवसर र चुनौतीलाई राज्यले ध्यान दिएको बताउँदै प्रधानमन्त्रीले अहिले विद्यमान ऐन कानुन निर्माण र कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

    आविष्कार केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको छ ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७९ मंगलवार - ११:३७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij