२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । विश्वकप क्रिकेट लिग-२ मा सन्दीप लामिछानेले निरन्तर विकेट लिने क्रम अन्तिम खेलमा पनि जारी राखेका छन्।
स्कटल्यान्डविरुद्ध टियू मैदानमा जारी खेलमा सन्दीपले आफ्नो तेस्रो ओभरमा ३ विकेट पूरा गरेका छन्। सन्दीप लामिछानेले खेलको १४ औँ ओभरको पाँचौँ र छैटौँ बलमा लगातार दुई विकेट लिएपछि स्कटल्यान्ड दबाबमा परेको छ।
राम्रो सुरुवात गरेको स्कटल्यान्डका सेट ब्याटरहरुलाई पेभिलियन पठाउन सन्दीप सफल रहे। सन्दीपले जर्ज मुन्सेलाई ६० रनमा आउट गर्दा क्रिजनमा आएका रिची बेरिङ्गटन गोल्डेन नकआउट भए। यसअघि सन्दीपले ओपनर क्याली कोटजरलाई आउट गरेका थिए।
सन्दीपले ३ ओभर बलिङ गर्दा २७ रन खर्चिएर ३ ब्याटरलाई पेभिलियन फर्काएका थिए। स्कटल्यान्डले १६ ओभरको समाप्तिमा १०० रन पूरा गरेको छ।
जारी प्रतियोगितामा नेपाल लगातार चौँथो जितको खोजीमा रहेको छ। प्रतियोगिताका अघिल्ला तीन खेलमा नै जित निकालेको नेपाल अन्तिम तथा निर्णायक खेलमा पनि जितको उद्देश्य सहित मैदानमा उत्रिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij