Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

पूरानो गठबन्धन ब्युँताउने प्रचण्डको अन्तिम तयारी, आजै साँझ चार दलका नेता बालुवाटारमा भेला हुँदै

पूरानो गठबन्धन ब्युँताउने प्रचण्डको अन्तिम तयारी, आजै साँझ चार दलका नेता बालुवाटारमा भेला हुँदै


  • 2.0K
    Shares

    पूरानो गठबन्धन ब्युँताउने प्रचण्डको अन्तिम तयारी, आजै साँझ चार दलका नेता बालुवाटारमा भेला हुँदै
    images

    प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल निर्वाचनअघिको गठबन्धन ब्युँताउने पक्षमा पुगेका छन् । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै दाहाल पूरानै गठबन्धन ब्युताउने गरि अघि बढेका छन् । त्यसको लागि उनले आज साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्ने तयारी गरेका छन् ।

    हिजोमात्रै दाहालले शेरबहादुर देउवा, माधव कुमार नेपाल र उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् । साँझ कांग्रेस सभापति देउवासहित नेताहरु गगन कुमार थापा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्कासँग पनि प्रचण्डले सामूहिक भेटवार्ता गरेका थिए । सो भेटवार्तामा राष्ट्रपतिको निर्वाचनबारे छलफल भएको थियो ।

    कांग्रेस नेताहरुले राष्ट्रपतिमा आफूहरुले उठाउने उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री दाहालले कांग्रेसको प्रस्तावलाई सकारात्मक रुपमा लिएको भन्दै आज पदाधिकारी बैठकमार्फत छलफल चलाउने वचन दिएका छन् । पुष १० गते सरकारको नेतृत्वको लागि दाबी गर्न शितलनिवास जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको सहमतिअनुसार राष्ट्रपति एमालेले पाउने भनिएको छ ।

    तर, माओवादी केन्द्रका नेताहरुले भने त्यस्तो सहमति नभएको दाबी गर्दै आएका छन् । सभामुख भने एमालेबाट देवराज घिमिरे निर्वाचित भैसकेका छन् । अढाई वर्षपछि ओली प्रधानमन्त्री बन्ने सहमति छ । अहिले राष्ट्रपतिपनि एमालेले पाउँदा शक्ति सन्तुलनमा एमाले हाबी हुने भय दाहालमा छ । प्रचण्ड कुनैपनि हालतमा एमालेलाई राष्ट्रपति दिने पक्षमा छैनन् । उनले आजै साँझबाट पूरानो गठबन्धन ब्युताउने तयारी गरेका छन् ।

    प्रकाशित मिति :फाल्गुण ८ २०७९ सोमवार - १४:४६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij