Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

काँग्रेसका नेताहरूलाई प्रधानमन्त्री प्रचण्डले दिए यस्तो वचन

काँग्रेसका नेताहरूलाई प्रधानमन्त्री प्रचण्डले दिए यस्तो वचन


  • 2.1K
    Shares

    काँग्रेसका नेताहरूलाई प्रधानमन्त्री प्रचण्डले दिए यस्तो वचन
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको प्रयास अन्तर्गत नेपाली कांग्रेसका नेताहरूसँग छलफल भइरहेको बताएका छन्।

    सोमबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र उपप्रधान एवं विष्णु पौडेलसँग भेटगरेपछि प्रधानमन्त्रीले अहिलेको सत्ता साझेदार दल बचाएर राष्ट्रिय सहमति गर्ने कोसिसमा लागेको बताएका हुन्।

    ‘कांग्रेसले उठाएको राष्ट्रपति उम्मेदवार नभई राष्ट्रिय सहमति हुन गार्‍हाे देख्छु,’ प्रधानमन्त्रीको ब्रिफिङ उधृत गर्दै राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने, ‘यो कोलिसन जोगाएर पनि सहमति जुटाउन सकिन्छ कि भन्ने प्रयासमा छु।’

    अझै केही दिन बाँकी भएकोले निरन्तर छलफल गरेर निष्कर्षमा पुग्न सक्ने सम्भावना अझै छ। माधव नेपालको नाममा राष्ट्रपतिमा आए सहमति हुन्छ त? भन्ने प्रश्नमा गजुरेलले भने निर्णायक कांग्रेस भएको बताए। 

    ‘हामीले उम्मेदवारको नाम दिएर कांग्रेसले मान्ला र सहमति होला जस्तो लाग्दैन,’ उनले थपे, ‘सहमति त कांग्रेसले उठाएकै नाममा हुन्छ होला। तर, यो गठबन्धन जोगाउने पहिलो प्रयास हो।’

    प्रधानमन्त्री प्रचण्डलाई आइतबार बेलुका बालुवाटार पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्ण सिटौलाले भेट गर्र्दै राष्ट्रपति चुनावमा सघाउन आग्रह गरेका थिए।

    सोमबार बिहान प्रधानमन्त्रीसँग रास्वपाका सभापति रवि लामिछाने र अर्थमन्त्री पौडेलले फरक फरक समयमा भेट गरेका थिए।

    प्रकाशित मिति :फाल्गुण ८ २०७९ सोमवार - १२:२३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij