२०८२ मंसिर ५ गते शुक्रवार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेका छन्। सोमबार बिहान फरक फरक समयमा उनीहरू प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।
आइतबार बेलुकीमात्रै नेपाली कांग्रेसका सभापति सहित पदाधिकारीको टोलीले प्रधानमन्त्रीसँग भेट गरी राष्ट्रपतिमा सघाउन आग्रह गरेका थिए।
‘सभापति(रवि लामिछाने)जीले राष्ट्रपतिको चुनावको विषयमा अपडेट लिन आज बिहानै प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो’, रविनिकट एक नेताले भने, ‘सभापति भएपछि र गठबन्धन एक घटक भएपछि निर्वाचनको विषयमा चासो लिनु स्वभाविक हो।’
त्यसलगत्तै पौडेल र लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेको स्रोतले नेपालखबरलाई जानकारी दियो। छलफलबारे बालुवाटारले कुनै कुरा सार्वजनिक गरेको छैन।
माओवादीको आजै पदाधिकारी बैठक बस्दै छ। अपरान्ह बस्ने बैठकमा कांग्रेसबाट आएको प्रस्तावबारे प्रचण्डले छलफल गर्ने बताइएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij