Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

जीवन विकास लघुवित्तले घटाएर गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?

जीवन विकास लघुवित्तले घटाएर गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?


  • 1.8K
    Shares

    जीवन विकास लघुवित्तले घटाएर गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?
    images

    जीवन विकास लघुवित्तले सेयरधनीहरूलाई ३७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ९.३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। 

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।

    हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो। 

    गत वर्ष भने कम्पनीले ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो। गत वर्षको तुलनामा कम्पनीले लाभांश दर घटाएको छ।

    प्रकाशित मिति :फाल्गुण ८ २०७९ सोमवार - ११:२१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij