Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सुदूरपश्चिम प्रदेश सरकार पाँच वर्ष नै टिक्ने मुख्यमन्त्री शाहको दाबी

सुदूरपश्चिम प्रदेश सरकार पाँच वर्ष नै टिक्ने मुख्यमन्त्री शाहको दाबी


  • 1.7K
    Shares

    सुदूरपश्चिम प्रदेश सरकार पाँच वर्ष नै टिक्ने मुख्यमन्त्री शाहको दाबी

    सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफू नेतृत्वको प्रदेश सरकार पाँच वर्ष नै टिक्ने दाबी गरेका छन् । आज (सोमबार) मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन नहुने बताएका हुन् ।

    साथै, आफूले चाँडैनै विश्वासको मत लिने र विश्वासको मत पाउनेमा ढुंक्क रहेको उनले बताए । मुख्यमन्त्री शाहले सबै दलसँग वार्ता, संवाद, छलफल सकारात्मक ढङ्गले अघि बढिरहेको बताए । उनले प्रदेशको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी सृजनामा सरकार केन्द्रीत रहेको बताए ।

    प्रकाशित मिति :फाल्गुण ८ २०७९ सोमवार - ११:१९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij