Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी चयन

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी चयन


  • 1.8K
    Shares

    एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी चयन
    images

    काठमाडौं । एनआईसी एशिया लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । फागुन ८ गतेको सञ्चालक समितिको बैठकले सन्तोष कुमार राठी र दिनेश भारीलाई सञ्चालकमा नियुक्त गरेको थियो । राठी र भारी एनआईसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन ।

    फागुन ५ गतेदेखिनै लागू हुने गरी बाँकी कार्यकालका लागि राठी र भारीलाई सञ्चालकमा नियुक्त गरिएको हो । यस अघि एनआईसी एशिया बैंकको तर्फबाट कम्पनीमा कपिल ढकाल र प्रकाश बरालले सञ्चालकको जिम्मेवारी पाएका थिए । 

    एनआईस एशिया बैंकको ५९० औं बैठकले ढकाल र बराललाई फिर्ता बोलाउने निर्णय गर्दै सन्तोष कुमार राठी र दिनेश भारीलाई प्रतिनिधि सञ्चालकमा मनोनयन गरी पठाउने निर्णय गरेको हो । एनआईसी एशिया लघुवित्तको फागुन ८ गतेको सञ्चालक समितिको बैठकले राठीलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 
     

     

    प्रकाशित मिति :फाल्गुण ८ २०७९ सोमवार - ११:१६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij