Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफर, २९४ रुपैयाँमा २० जीबी डेटा

प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफर, २९४ रुपैयाँमा २० जीबी डेटा


  • 2.8K
    Shares

    प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफर, २९४ रुपैयाँमा २० जीबी डेटा

    सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले प्रजातन्त्र दिवस अफर ल्याएको छ । मोबाइल सेवालाई लक्षित गर्दै कम्पनीले यो अफर ल्याएको हो ।

    यसअन्तर्गत २९४ रुपैयाँमा २० जीबी डेटा पाउन सकिने छ । यो डेटा सुविधा १० दिनभित्र प्रयोग गर्नुपर्नेछ ।

    त्यस्तै कम्पनीले तीन दिनसम्म प्रयोग गर्न सकिने गरी ९८ रुपैयाँमा ६ जीबी डेटाको अफर पनि ल्याएको छ ।कम्पनीले ४९ रुपैयाँमा एक दिनका लागि अनलिमिटेड डेटा र १०० मिनेट भ्वाइस सेवाको अफर पनि ल्याएको छ ।

    ग्राहकले *१४१५*११# डायल गरी वा टेलिकमको मोबाइल एपबाट पनि प्रजातन्त्र अफरको प्याक खरिद गर्नसक्ने छन् । याे अफर फागुन ८ गतेसम्म लागू हुने कम्पनीले जनाएकाे छ ।

    प्रकाशित मिति :फाल्गुण ७ २०७९ आइतवार - १२:४६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij