Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

खाद्य विधेयक हुवहु पारित भए खाद्य उद्योग बन्द हुने भन्दै निजी क्षेत्रले गर्‍यो ओलीसँग छलफल

खाद्य विधेयक हुवहु पारित भए खाद्य उद्योग बन्द हुने भन्दै निजी क्षेत्रले गर्‍यो ओलीसँग छलफल


  • 1.5K
    Shares

    खाद्य विधेयक हुवहु पारित भए खाद्य उद्योग बन्द हुने भन्दै निजी क्षेत्रले गर्‍यो ओलीसँग छलफल
    images

    नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ नेतृत्वको महासंघको प्रतिनिधिमण्डलले नेपाल कम्युष्टि पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

    संसदमा प्रस्ताव भएको ‘खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन एकीकरण गर्न बनेको’ विधेयकको विषयमा छलफल भएको हो । प्रस्तावित विधेयकको प्रावधान हुवहु पारित भएमा खाद्य र खाद्यान्नसँग सम्बन्धित उद्योग/व्यवसायहरू बन्द हुने परिस्थिति आउनेतर्फ ध्यानाकर्षण गराएको छ ।

    भेटवार्ताका क्रममा उक्त विधेयकका सम्बन्धमा महासंघले तयार पारेको तीन बुँदे सुुझावसमेत पेश गरिएको थियो । सो छलफलमा उपाध्यक्ष श्रेष्ठले राष्ट्रिय सभाको विधायन समितिका पदाधिकारीहरु समक्ष यसअघि पटकपटक भेटवार्ता छलफल गरी विधेयकमा गर्नुपर्ने संशोधन सम्बन्धमा तीन महले सुुझाव पेश गरिएपनि त्यसमा कुनै संशोधन नगरी जस्ताकोतस्तै संसदमा विधेयक प्रस्ताव भएकोप्रति चिन्ता व्यक्त गरे ।

    यो ऐन जस्ताको तस्तै पारित हुने हो भने मुलुकभित्र खाद्यसंग सम्बन्धित कुनै पनि उद्योग व्यवसाय संचालन हुन नसक्ने उपाध्यक्ष श्रेष्ठले बताए ।

    महासंघले पेश गरेका सुझावमा मुलत अन्तराष्ट्रिय अभ्याससमेतका आधारमा फुड ह्याण्डलर प्रोटोकल्स एण्ड फुड सेफ्टी रुल्समा उल्लेख भएका प्याकिङ खाद्य पदार्थमा उपभोगको निमित्त अधिकतम मिति, लेवलमा खुलाउन पाउने कानूनी व्यवस्था गरिनु पर्ने र बस्तुगत आधार बेगर शंकाको आधारमा खाद्य पदार्थ बिक्री वितरणमा रोक लगाएको कारणबाट निर्दोष बिक्रेतालाई पर्न जाने आर्थिक नोक्सानीको निमित्त क्षतिपूर्ति दिने व्यवस्था गरिनु पर्ने लगायतका कुरा छन् ।

    सो भेटमा नेकपा एमालेका अध्यक्ष ओलीले खाद्य विधेयकका सम्बन्धमा उद्योग व्यवसाय पनि नमर्ने र उपभोक्ताको स्वास्थ्य सुरक्षा अधिकार पनि संरक्षण हुने हिसावमा कानून ल्याइनु पर्ने आफ्नो मान्यता रहेकाले उद्योग व्यवसाय नै बन्द हुने खालका विधेयकका दफाहरूको संशोधनमा सहयोग हुने विश्वास व्यक्त गरे ।

     

    प्रकाशित मिति :फाल्गुण ७ २०७९ आइतवार - १२:४३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij