Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

चेक बाउन्सको मुद्दालाई बैङ्किङ कसुरबाट हटाउन माग

चेक बाउन्सको मुद्दालाई बैङ्किङ कसुरबाट हटाउन माग


  • 1.6K
    Shares

    चेक बाउन्सको मुद्दालाई बैङ्किङ कसुरबाट हटाउन माग
    images

    काठमाडौँ । आफ्नो खातामा मौज्दात नभएको जानकारी हुँदाहुँदै पनि चेक काटिदिने गल्ती (चेक बाउन्स) लाई बैङ्किङ कसुर मानिने विद्यमान व्यवस्था परिमार्जन गर्न विकास बैङ्कहरूले आग्रह गरेका छन् ।

    डेभलपमेण्ट बैंकर्स एसोसिएसनले शुक्रबार बैङ्किङ कसुर तथा सजाए ऐन ०६४ लाई संशोधनको माग गर्दै राष्ट्र बैङ्क समक्ष बुझाएको सुझावमा यस्तो विषय उल्लेख छ ।

    पछिल्ला वर्षहरूमा कालोसूचीमा पर्नेमध्ये अधिकांश चेक बाउन्सको मुद्दाका कारण रहेका छन् । यस कारण यो प्रवृत्ति निरुत्साहित गर्नका लागि चेक बाउन्सको विषयलाई बैङ्किङ कसुर तथा सजाय ऐनबाट हटाएर विनिमय अधिकार पत्र ऐन ०३४ अन्तगत राख्नुपर्ने एसोसिएसनको माग छ ।

    यस्तै, कसुर पुष्टि हुने प्रमाण प्राप्त भएपछि मात्र बैङ्कका कर्मचारीलाई पक्राउ गरेर बैङ्किङ कसुर सम्बन्धी मुद्दा चलाउनु पर्ने नीतिगत व्यवस्था गर्न पनि एसोसिएसनले माग गरेको छ । ऋण प्रवाह गर्ने प्रक्रियामा आफू सहभागी नभए पनि पदीय दायित्वका कारणले उक्त फाइलमा हस्ताक्षर गर्ने सबै कर्मचारीलाई बैङ्किङ कसुरसम्बन्धी मुद्दा चलाउन सकिने विद्यमान व्यवस्था परिमार्जनको माग गर्दै एसोसिएसनले उक्त सुझाव दिएको हो ।

    ‘कसुर गरेको पुष्टि हुने प्रमाण प्राप्त भएपछि मात्र पक्राउ गरिनु र मुद्दा चलाइनु उपयुक्त हुने कर्जा प्रक्रियामा संलग्न भई कर्जा प्रस्ताव पत्र वा धितो निरीक्षण प्रतिवेदनमा हस्ताक्षर गरेका जति सबैले कसुर गरेका छन् भन्ने धारणाबाट प्रेरित भई सबै कर्मचारीलाई पक्राउ पुर्जी जारी गराइ पक्राउ गर्ने र मुद्दा लगाउने संस्कृतिको विकास हुँदै गएको छ,’ एसोसिएसनको विज्ञप्तिमा भनिएको छ, ‘गहिरो अनुसन्धान गरी कसुर गरेको पुष्टि हुने प्रमाण प्राप्त भएपछि मात्र संलग्न कर्मचारीहरूलाई पक्राउ गर्नुपर्ने व्यवस्था राखिनु उपयुक्त हुने देखिन्छ ।’

    यस्तै, अनुसन्धानको क्रममा अन्य कर्मचारीरव्यक्तिहरुसँग पनि बुझ्नुपर्ने भए सोधपुछका लागि बोलाउन सक्ने तर कसुर गरेको आधार नदेखिएसम्म साधारण तारेख वा हाजिरी जमानीमा छाड्ने व्यवस्था अनिवार्य रूपमा मिलाउन एसोसिएसनले माग गरेको छ ।

    एसोसिएसनले उल्लिखित व्यवस्थासँगै बैङ्किङ कसुर तथा सजाए ऐनमा भएको विभिन्न २२ वटा विषय संशोधन गर्न पनि माग गरेको छ ।

    प्रकाशित मिति :फाल्गुण ७ २०७९ आइतवार - १२:२१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij