Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

राष्ट्रपति निर्वाचनको तयारी अघि बढ्यो, तोकिए मतदान अधिकृत र मतदान स्थल

राष्ट्रपति निर्वाचनको तयारी अघि बढ्यो, तोकिए मतदान अधिकृत र मतदान स्थल


  • 1.8K
    Shares

    राष्ट्रपति निर्वाचनको तयारी  अघि बढ्यो, तोकिए मतदान अधिकृत र मतदान स्थल
    images

    काठमाडौं । २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले तयारी अघि बढाएको छ । आयोगले निर्वाचन अधिकृत र मतदान स्थल तोकिसकेको बताएको छ ।

    मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ भने मतदान स्थल नयाँ बानेश्वरस्थित आयोग संघीय संसद् भवन परिसरलाई बनाइने आयोगले बताएको छ ।

    आयोगले जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने तयारी छ । राष्ट्रपति निर्वाचनमा संघीय संसद् र प्रदेश सभाका सदस्यहरूले मतदान गर्नेछन् ।

    राष्ट्रपति निर्वाचनका लागि यही फागुन १३ गते उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने तालिका छ ।

    प्रकाशित मिति :फाल्गुण ७ २०७९ आइतवार - ११:५१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij