Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

कैलाली कारागारबाट रिहा भए अरुण चौधरी, रञ्जिताले गरिन् स्वागत

कैलाली कारागारबाट रिहा भए अरुण चौधरी, रञ्जिताले गरिन् स्वागत


  • 2.0K
    Shares

    कैलाली कारागारबाट रिहा भए अरुण चौधरी, रञ्जिताले गरिन् स्वागत
    images

    कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अरुण चौधरी जेलबाट छुटेका छन् । जिल्ला कारागार कैलालीमा रहेका उनी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै रिहा भएका हुन् ।

    नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउपछि निलम्बनमा थिए । उनको स्वागतका लागि नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठ कारागार पुगेकी थिइन् । पार्टीका अन्य नेता, कार्यकतर्ता र शुभेच्छुकले उनलाई अबीर र खादा लगाइदिए ।

    २०६६ भदौ ३ मा ट्याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

    चौधरीले सुनुवाइको मौकासमेत नदिएर फैसला गरेको भन्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । दुवै रिटमा अन्तरिम आदेश भएन ।

    प्रकाशित मिति :फाल्गुण ७ २०७९ आइतवार - ११:०८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij