२०८२ माघ ७ गते बुधवार
लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा नयाँ दुई एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
उक्त एक्स्टेन्सन काउन्टरहरू कास्की जिल्लाको पोखरा महानगरपालिको वडा नं ११ स्थित मनिपाल अस्पताल र सोही महानगरपालिको वडा नं १७ स्थित हिमालय आँखा अस्पतालमा स्थापना गरिएकाे बैंकले बताएकाे छ।
यी एक्स्टेन्सन काउन्टरहरूको सुरूवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४४ शाखा, १६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २ हजार ५ सयभन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६९ शाखा रहित बैंकिङ एजेन्टहरू पुगेको छ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त लगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको बैंकले बताएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij