२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकले फागुन १ गतेदेखि लागूहुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले साधारण निक्षेप अर्थात बचततर्फ न्यूनतम ३ देखि अधिकतम ५ प्रतिशतसम्म ब्याज कायम गरेको छ । हाल बैंकले विभिन्न १३ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।
त्यसैगरी मुद्दति निक्षेपतर्फ ३ महिनादेखि ५ वर्षसम्मको अवधिका लागि न्यूनतम ५.५० प्रतिशतदेखि अधिकतम ६.१० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
बैंकले रिक्युरिङ निक्षेपमा ६ महिनादेखि ५ वर्षसम्मको अवधिका लागि न्यूनतम ६.२५ देखि ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।
बैंकले कर्जातर्फ होम कर्जा, अटो कर्जा, कमर्सियल भेहिकल कर्जा, मोर्टेज कर्जा, मोर्टेज प्लस कर्जा, स्यालरी प्याकेज कर्जा, एमबीएल प्रोफेसनल कर्जा, प्रिभिलेज कर्जा, एजुकेशन कर्जामा बेसरेटमा थप अधिकतम ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
बैंकले स्थिर ब्याजतर्फ घर कर्जाको लागि ५ वर्षसम्मका लागि ८.५० प्रतिशत, ५ देखि १० वर्षसम्मका लागि ९.५० प्रतिशतब्याजदर तोकेको छ भने अटोलोनतर्फ लागि ९ प्रतिशत ब्याजदर तोकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij