Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

लोसपाले बोलायो कार्यकारिणी समितिको बैठक

लोसपाले बोलायो कार्यकारिणी समितिको बैठक


  • 1.8K
    Shares

    लोसपाले बोलायो कार्यकारिणी समितिको बैठक
    images

    लोकतान्त्रिक समाजवादी पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको छ । फागुन १० गते बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने कार्यकारिणी समितिको बैठकमा केन्द्रीय समिति गठन, राष्ट्रपति चुनावलगायतका विषयमा छलफल हुने बताइएको छ ।

    लोसपा गठन भएको डेढ वर्षभन्दा बढी भइसक्दा पनि हालसम्म केन्द्रीय समिति गठन भएको छैन । अहिले केन्द्रीय समिति निर्माण गर्ने गृहकार्य सुरु भएको छ ।

    त्यसलाई कार्यकारिणी समितिको बैठकबाट टुग्यांउने लोसपाले जनाएको छ । पार्टीमा केन्द्रीय समितिका लागि आएका नामको बारेमा पनि छलफल भइरहेको छ । शीर्ष नेताको बीचमा सहमति भएपछि त्यसलाई कार्यकारिणी समितिको बैठकबाट टुंगो लगाउने तयारी छ ।

    बैठकमा अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा अघि सार्ने विषयमा पनि छलफल हुँदैछ । अध्यक्ष ठाकुरका बारेमा अन्य दलका नेताहरु बीचमा पनि अनौपचारिक छलफल भैरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण ५ २०७९ शुक्रवार - १२:१२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij