Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

बालुवाटारबाट बाहिरिए ओली, के-के विषयमा भयो कुराकानी ?

बालुवाटारबाट बाहिरिए ओली, के-के विषयमा भयो कुराकानी ?


  • 2.4K
    Shares

    बालुवाटारबाट बाहिरिए ओली, के-के विषयमा भयो कुराकानी ?
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदाल दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।

    बिहीबार (आज) बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका थिए । त्यसक्रममा प्रचण्ड-ओलीबीच मूलत: राष्ट्रपतिको निर्वाचनबारे कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते हुँदैछ ।

    राष्ट्रपतिको निर्वाचनलाई लिएर विभिन्न अड्कलबाजीसहितको प्रचारप्रसार हुन थालेपछि उनीहरूबीच भेट भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए । ‘खासगरी उहाँहरूबीच फागुन २५ कै बारेमा कुराकानी भएको हो । विभिन्न अड्कजबाजीसहितको प्रचार हुन थालेपछि उहाँहरू बस्नुभएको हो,’ ती सदस्यले भने ।

    फागुन १३ गते राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । ओली त्यसका लागि प्रधानमन्त्री प्रचण्डको दल नेकपा (माओवादी केन्द्र) गठबन्धनबाट बाहिर नजाओस् भन्ने चाहन्छन् । उनी निरन्तर त्यही कसरतमा छन् ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७९ बिहिवार - १२:३७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij