Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रतिनिधि सभा बैठक: शून्य समयमा कसले के भने ?

प्रतिनिधि सभा बैठक: शून्य समयमा कसले के भने ?


  • 1.7K
    Shares

    प्रतिनिधि सभा बैठक: शून्य समयमा कसले के भने ?

    प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरूले जनताको जनजिविकामा परेका विभिन्न समस्याहरू समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

    प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले जनताको जनजीविकामा विभिन्न समस्याहरु परेको भन्दै ती समस्याहरुको समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराएका हुन्।

    प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले प्रादेशिक अस्पताल सिन्धुलीमा सय शैय्याको सञ्चालन अनुमति भएपनि ५० शैय्याको मात्र सञ्चालन भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले दक्ष जनशक्ति र प्रविधिको अभावका कारण सामान्य बिरामीको समेत बाहिरी अस्पतालमा रिफर गर्नुपर्ने अवस्था आएकाले सो अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरे।

    प्रतिनिधिसभा सदस्य विनिताकुमारी सिंहले निर्माणकार्य सुरु भएको १४ वर्ष भइसक्दा पनि हुलाकी राजमार्ग अहिलेसम्म निर्माण हुन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले सडक र पुल निर्माणमा चरम भ्रष्टाचार, लापरबाही र ढिलासुस्ती भएको हुनाले सम्बन्धित व्यक्ति, निकाय र ठेकेदारहरुलाई कानुनी कारबाही गर्न अनुरोध गरिन्।

    प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले पुथ्वी राजमार्गको मुग्लिन पोखरा सडक २०८१ सम्ममा निर्माण सम्पन्न हुनुपर्नेमा सडकको प्रगति हालसम्म पाँच प्रतिशत मात्र रहेको भन्दै छिटो सम्पन्न गर्न माग गरिन्।

    प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले बालाजुस्थित बसपार्कमा आन्दोलनको नाममा अमानविय लुटपाट भएकाले दोषीलाई कारबाही गर्न माग गरे।

    प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आत्महत्याका घटना बढेको भन्दै आत्महत्या गर्न बाध्य पार्ने परिस्थितिको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए।

    उनले भने,’मानसिक अस्वस्थता, पारिवारिक सम्बन्धको द्वन्दद्व अनि व्यक्तिको आकांक्षा र परिवेश बीचको असन्तुलन आत्महत्याको मुख्य कारण निश्चय नै हुन्। तर असन्तुष्टि, आवेश र वितृष्णाका अनेक कारण निराकरण गरेर परिवेशमा परिवर्तन गर्नु जिम्मेवार राज्य, राजनीतिक दलहरु एवं असल समाजको कर्तव्य हुन्छ। राजनीतिमा रुपान्तरण, सामाजिक विसंगतिहरुको अन्त्य, झन्झटिलो प्रशासनिक प्रक्रियामा सुधार र आर्थिक विषमताको अन्त्य यि चार विषयमा गम्भीर राष्ट्रिय विमर्श जरुरी छ।’

    प्रतिनिधि सभा सदस्य शक्तिबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमलाई विशेषज्ञ सेवाको निम्ति उपयोग गर्नुपर्ने बताए।

    प्रतिनिधि सभा सदस्य शिशिर खनालले बालाजुस्थित बसपार्कमा मजदुर आन्दोलनको नाममा भएको तोडफोडको योजनाकार र सहभागिलाई कारबाही गर्दै पीडित व्यवसायीलाई क्षतिपूर्ति दिन माग गरे।

    प्रतिनिधि सभा सदस्य सरस्वती सुब्बालाई भुमिहिन र सुकुम्वासीहरुको समस्या समाधान गर्दै उचित व्यवस्थापन गराउन सरकारसँग माग गरे।

    प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा कहिले टुंगो लाग्छ भन्ने प्रश्न गरिन्। उनले वलात्कार आरोपी लामिछानेलाई राष्ट्रिय क्रिकेट टिममा राखिएको भन्दै आपत्ति जनाइन्।

    प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले कपिलवस्तु जिल्लाका अधिकांश किसानहरुको खेतीमा छाडा गाई, गोरुहरुले नोक्सान पुर्याएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।

    प्रतिनिधि सभा सदस्य सूर्य थापाले बालाजु लुटपाटको घटनाको सरकारले संसदमा जानकारी गराउनुपर्ने माग गरे।

    प्रतिनिधि सभा सदस्य सोनु मुर्मूले कोशी अस्पतालको सेवा अव्यवस्थित र लापरबाही भएको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराए।

    प्रतिनिधि सभा सदस्य सोविता गौतमले लघुवित्त र सहकारीहरुले ठगी गरिरहेको भन्दै उनीहरुलाई राष्ट्र बैंकले नियमन गर्नुपर्ने बताइन्।

    प्रतिनिधि सभा सदस्य हीतबहादुर तामाङले सरकारले नियुक्त गरेको भाषा आयोगका आयुक्तहरुले अझैपनि सेवा सुविधा नपाएको सरकारलाई ध्यानाकर्षण गराइन्।

    प्रतिनिधि सभा सदस्य हीतराज पाण्डेले शान्ति प्रक्रियाका बाँकी रहेका‍ कामहरु तिब्रतासाथ अगाडी बढाउनुपर्ने बताइन्।

    प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले गृहमन्त्री तत्काल नियुक्त गर्न सरकारसँग माग गरे।

    प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको बराहक्षेत्र मन्दिर नदी कटानका कारण संकटग्रस्त हुँदै गइरहेको भन्दै कटान रोक्ने काम गर्न माग गरे।

    प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले शिवपुरी आरक्षण क्षेत्र जाने ठाउँमा सेनाका चेकपोष्ट राखेर शुल्क लिने गरिएको भन्दै शुल्क लिने काम हटाउन माग गरे।

    उनले चेकपोष्ट भने शान्ति, सुरक्षाका लागि कायमै राख्न अनुरोध गरे।

    प्रकाशित मिति :फाल्गुण ३ २०७९ बुधवार - १५:१४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij