Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

गौराती भीमेश्वरको मेला नहुने

गौराती भीमेश्वरको मेला नहुने


  • 9.9K
    Shares

    गौराती भीमेश्वरको मेला नहुने
    images


    प्रत्येक कार्तिक पूर्णिामाको दिन लाग्ने सिन्धुपाल्चोक जिल्लाकै ठूलो गौराती भीमेश्वरको मेला यस वर्ष नहुने भएको छ ।  

    कोभिड–१९ को महामारीलाई ध्यानमा राखी नित्य पूजाबाहेक भीडभाड हुन नदिने उद्देश्यले मेलामा रोक लगाइएको गौराती विकास समाजका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुुभयो । 
     
     सरकारी पूजासहित करीब पाँच हजार पशुपक्षीको बलि हुने उक्त मन्दिरमा कुनै बलि पूजा नहुने र पसल राख्नका लागि कक्ष नबनाउनसमेत जिल्ला प्रशासन कार्यालयबाट सर्वसाधारणलाई आग्रह गरिएको छ ।  सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तरपश्चिममा रहेको गौरातीडाँडामा अवस्थित गौराती भीमेश्वरको मेला पूर्णिमाको दिन शुरु भई द्वितीयाका दिन समाप्त हुन्छ ।

    चौताराको पुरानो बजारको गुठीघरबाट भीमसेनको मूर्ति रथमा राखी गुठीयारले पूर्णिमाको राति गौराती भीमेश्वरको मूर्तीसँग मिलन गराई भोलिपल्ट पुनः फिर्ता गरी गुठीयारका घरघरमा पूजा गरेपछि द्वितीयाका दिन सिन्दूरजात्रा सम्पन्न गरी साँझ गुठीघरमा थन्क्याइन्छ । 

    यस वर्ष भने स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सवारीसाधनमा  मूर्ति राखेर लाने र ल्याउने गरिने व्यवस्था मिलाइएको चौतारा सागाँचोकगढी नगरपालिका–५ का वडाध्यक्ष नरमान पालिखेले बताउनुभयो ।  

    प्राचीनकालमा पत्ता लागेको भीमेश्वरको मूर्ति त्यतिबेलादेखि नै पुजिँदै आएको विश्वास गरिए पनि प्रामाणिकरुपमा विसं १६४२ मा स्थानीयवासी दलबहादुर कुँवरले चढाएको ढलोटको घण्ट अद्यापि रहेकाले ४३५ वर्षभन्दा पहिलेदेखि नै त्यहाँ मन्दिर रहेको विश्वास गरिएको छ । रासस

    प्रकाशित मिति :मंसिर ७ २०७७ आइतवार - १४:३४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij