Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

आइसीसी लिग–२ः नेपाललाई २८६ रनको लक्ष्य, करणले लिए पाँच विकेट, कस्तो रह्यो सन्दीपको कमब्याक?

आइसीसी लिग–२ः नेपाललाई २८६ रनको लक्ष्य, करणले लिए पाँच विकेट, कस्तो रह्यो सन्दीपको कमब्याक?


  • 2.3K
    Shares

    आइसीसी लिग–२ः नेपाललाई २८६ रनको लक्ष्य, करणले लिए पाँच विकेट, कस्तो रह्यो सन्दीपको कमब्याक?

    आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजमा पाहुना टोली नामिबियाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको छ । एकदिवसीय अन्तर्राष्ट्रियमा नामिबियाले नेपाललाई दिएको यो अहिलेसम्मकै ठूलो लक्ष्य हो ।

    यसअघि नामिबियाले ७ डिसेम्बर २०२२ मा नेपाललाई २ सय ७६ रनको लक्ष्य दिएको थियो । सो खेलमा नेपाल ८६ रनले पराजित भएको थियो । 

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ८५ रन बनायो । उसका लागि माइकल भान लिङ्गेनले शतकीय पारी खेले । १३७ बलको सामना गरेका उनले ५ छक्का र ९ चौकासहित १ सय ३३ रन बनाए । 

    एकदिवसीय करियरमा लिङ्गेनको यो करियरकै उच्च स्कोर हो । कप्तान गेहार्ड इरास्मसले ७९ बलमा तीन छक्का र दुई छक्काको सहयोगमा ५६ रन बनाए । 

    यस्तै, जेन ग्रीनले ३४, चार्ल्स बर्केनस्टक, जन फ्राइलिंकले १३/१३ र रुबेन ट्रम्पलम्यानले ११ रन जोडे । बलिङमा करण केसीले १० ओभरमा एक मेडनसहित ६१ रन दिएर ५ विकेट लिए ।

    उनले तेस्रोपटक एकदिवसीयमा ५ विकेट लिएका हुन् । त्यस्तै, पूर्वकप्तान सन्दीप लामिछानेले १० ओभरमा ६६ रन दिएर ३ विकेट लिए । ६ महिनापछि मैदान फर्किएका उनको कमब्याक राम्रो रह्यो । 

    गत भदौमा एक नाबालिगले जबर्जस्तीकरणीको उजुरी दिएपछि सन्दीप ६ महिना मैदान बाहिर थिए । गत पुसमा पाटन अदालतले धरौटीमा छोड्न आदेश दिएपछि भने उनी पुनः मैदान फर्किएका हुन् । त्यस्तै, कुशल मल्ल र सोमपाल कामीले एक/एक विकेट हात पारे । 

    प्रकाशित मिति :फाल्गुण २ २०७९ मंगलवार - १३:०२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij