२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । आत्मनिर्भर लघुवित्तको आइपीओ भर्ने फागुन २ गते आज मंगलबार अन्तिम दिन रहेको छ।
आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ। कम्पनीले माघ १६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपीओ बिक्री खुला गरेको छ।
लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५५ ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँको १०५ अर्थात् २० हजार ३३८ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री खुला गरेको हो।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij