Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

सरकारमा जाने रास्वपाको तयारी, राख्यो यस्तो सर्त

सरकारमा जाने रास्वपाको तयारी, राख्यो यस्तो सर्त


  • 1.7K
    Shares

    सरकारमा जाने रास्वपाको तयारी, राख्यो यस्तो सर्त
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पुरानो राजनीतिक सहमति कायम भए तत्काल सरकारमा जाने बताएका छन् ।  सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा परियारले सरकार गठनका बेला भएको सहमति कार्यान्वयन भए तत्काल सरकारमा जाने बताएका हुन् । 

    राष्ट्रपतिमा पनि विगतकै सहमति अनुरूप सत्ता गठबन्धनबाटै चयन हुने उनको भनाइ छ । उनले विगतका राष्ट्रपति कुनै न कुनै विवादमा तानिएको बताउँदै अब निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्ने सक्ने व्यक्ति राष्ट्रपति चयन गर्नुपर्नेमा जोड दिए ।  

    परियारले अहिले मुलुकलाई राजनीतिक अस्थिरतातर्फ लैजाने खेलमा रास्वपा नलाग्ने स्पष्ट पारे । उनले वैशाख २ गते चितवन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा रास्वपाले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई नै उम्मेदवार बनाउने बताए । 

    उनले आफ्नो पार्टीको वैचारिक लाइन लोकतन्त्र, सामाजिक न्याय र समावेशिता रहेको बताउँदै आगामी महाधिवेशनमा यही विषय दस्ताबेजमा समेटिने बताए । 

    प्रकाशित मिति :फाल्गुण १ २०७९ सोमवार - १४:१२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij