Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

नेपाल–भारत विदेश सचिवस्तरीय संयन्त्रको बैठक सुरु

नेपाल–भारत विदेश सचिवस्तरीय संयन्त्रको बैठक सुरु


  • 1.8K
    Shares

    नेपाल–भारत विदेश सचिवस्तरीय संयन्त्रको बैठक सुरु

    काठमाडौं । नेपाल–भारत द्विपक्षीय विदेश सचिवस्तरीय संयन्त्रको बैठक काठमाडौंमा सुरु भएको छ । होटल याक एण्ड एतीमा आयोजित बैठकमा भारतीय टोलीको नेतृत्व विदेश सचिव विनयमोहन क्वात्रा र नेपालको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले गरेका छन् ।

    बैठकमा कनेक्टिभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुनेछ ।

    क्वात्रा आज बिहान भारतबाट काठमाडौं आएका हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै बैठकस्थल होटल याक एण्ड एती गएका थिए ।

    भारतीय विदेश सचिवले आजै परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

    उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम छ ।

    nepal-bharat-uchaestariya-baithak.jpg

    प्रधानमन्त्री प्रचण्डसँगको भेटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको निम्तोपत्र हस्तान्तरण गर्नेछन् ।विदेश सचिव क्वात्रा मंगलबार स्वदेश फर्किनेछन् ।

    प्रकाशित मिति :फाल्गुण १ २०७९ सोमवार - १२:२४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij