Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

परराष्ट्र मन्त्री र नर्वेकी राजदूतबीच सिंहदरवारमा भेटवार्ता, के भयो कुराकानी ?

परराष्ट्र मन्त्री र नर्वेकी राजदूतबीच सिंहदरवारमा भेटवार्ता, के भयो कुराकानी ?


  • 1.5K
    Shares

    परराष्ट्र मन्त्री र नर्वेकी राजदूतबीच सिंहदरवारमा भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौँ । परराष्ट्र मन्त्री डा.विमला राई पौड्याल र नेपालका लागि नर्वेकी राजदूत टोरन ड्राम्डलबीच भेटवार्ता भएको छ।आइतबार सिंहदरवारमा परराष्ट्र मन्त्री पौड्याल र राजदूत टोरनबीच शिष्टाचार भेटवार्ता भएको हो।

    भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।

    सोही अवसरमा परराष्ट्र मन्त्री पौड्यालले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि नर्वेजियन सरकारलाई धन्यवाद दिएकी थिइन्।

    राजदूत ड्राम्डलले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ विस्तार गर्ने बताएकी थिइन्।

    प्रकाशित मिति :फाल्गुण १ २०७९ सोमवार - १२:२०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij