Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ज्ञानेन्द्र शाहीको प्रश्न: सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन ?

ज्ञानेन्द्र शाहीको प्रश्न: सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन ?


  • 2.0K
    Shares

    ज्ञानेन्द्र शाहीको प्रश्न: सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले शैक्षिक सत्र सुरू हुनु अगावै विद्यार्थीहरुका लागि किताब उपलब्ध गराउन माग गरेका छन् ।

    आइतबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख सचेतक शाहीले हिमाली जिल्लामा फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु हुने स्मरण गर्दै सरकारको ध्यानाकर्षण गरेका हुन् ।

    ‘सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन ? यो प्रश्न हो’ प्रमुख सचेतक शाहीले भने, ‘छिटो भन्दा छिटो किताब उपलब्ध गराइयोस् ।’

    संघीय संसदमा निशुल्क शिक्षाको कुरा भइरहने तर, विद्यार्थीले किताब नपाइरहने अवस्था बदलिनुपर्नेमा उनको जोड छ । हिमाली जिल्लामा मंसिरमा परीक्षा सकिन्छ । फागुन १ गतेबाट शैक्षिक सत्र सुरु हुन्छ । तर, अहिले (माघ २९ गते)सम्म किताब नपुगेको भन्दै उनले छिटो भन्दा छिटो किताब उपलब्ध गराउन माग गरेका हुन् ।

    प्रकाशित मिति :माघ २९ २०७९ आइतवार - १६:१३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij