Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सकियो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक, के-के भयो छलफल ?

सकियो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक, के-के भयो छलफल ?


  • 1.6K
    Shares

    सकियो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक, के-के भयो छलफल ?

    उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न भएको छ। नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा बसेको संयन्त्रको बैठक भर्खरै सकिएको हो।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आजको बैठकमा सरकारका काम कारबाही र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल भएको जानकारी दिए।

    उनले भने, ‘सरकारले गरेका काम कारबाहीबारे आपसी समन्वयबारे कहाँ कमजोरी भयो भन्नेबारे समीक्षा भयो। आगामी दिनमा मजबुत ढङ्गले यो सहकार्यलाई अगाडि बढाएर लैजाने सहमति भएको छ। नियमित रूपमा यस प्रकारका भेटवार्ता कायम राख्ने सहमति भएको छ । रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल भइरहेको छ। आज पनि कुराकानी भयो। उपर्युक्त समयमा रास्वपा सरकारमा आउन सक्छ।’

    अध्यक्ष लिङ्देनले राष्ट्रपतिको निर्वाचनबारे छलफल नभएको बताए। उनले पुस १० को सहमति अनुसार नै अगाडि जाने भएकाले थप छलफल गर्नुपर्ने आवश्यकता नरहेको प्रस्ट पारे।

    ‘राष्ट्रपति निर्वाचनबारे बाहिर आइरहेका कुराहरू भ्रमपूर्ण छन्। हामीले सरकार निर्माणको क्रममा एउटा सहमति गरिसकेका छौँ। सोही सहमतिमा सत्ता साझेदार दलहरूबिचमा विमति छैन। बाहिर आएजस्तो सत्तारूढ दलभित्र कुनै मतभेद छैन,’ अध्यक्ष लिङ्देनले भने।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए ।

    प्रकाशित मिति :माघ २९ २०७९ आइतवार - १२:१३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij