२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा आज आइतबार ४०० ले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार रुपैयाँ कायम भएको छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार १०० रुपैयाँ थियो । जुन, आज आइतबार ४०० ले बढेर कारोबार सुरु भएको हो । आज, तेजाबी सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij