Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

२३ लघुवित्तको वित्तीय विवरण सार्वजनिक, कुनले कति नाफा आर्जन गरे ? (तथ्याङ्कसहित)

२३ लघुवित्तको वित्तीय विवरण सार्वजनिक, कुनले कति नाफा आर्जन गरे ? (तथ्याङ्कसहित)


  • 2.5K
    Shares

    २३ लघुवित्तको वित्तीय विवरण सार्वजनिक, कुनले कति नाफा आर्जन गरे ? (तथ्याङ्कसहित)

    हालसम्म दुई दर्जन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९।८० को दोस्रौ त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । प्रकाशित विवरणअनुसार अधिकांश लघुवित्तको मुनाफा घट्न पुगेको छ ।

    वित्तीय विवरण सार्वजनिक गर्ने २३ लघुवित्त संस्थाले मात्रै गत आर्थिक वर्षको तुलनामा मुनाफा बढाउन सफल भएका छन् । आरएसडीसी, फर्स्ट माइक्रोफाइनानस, साना किसान विकास र आरएमडीसी लघुवित्तको मात्रै नाफा बृद्धि भएको छ । औषतमा लघुवित्त संस्थाहरुले एक अर्ब ७० करोड रुपैयाँमाथि नाफा आर्जन गरेका छन् ।

    दोस्रो त्रैमाससम्ममा अधिकांश लघुवित्तहरुको इम्पेयरमेन्ट चार्ज बढ्दा र निष्क्रिय कर्जा बढेको देखिएको छ । यसकारण लघुवित्तहरुको मुनाफा प्रभावित बन्न गएको हो । २३ मध्ये १७ लघुत्तिको मुनाफा घट्दा दुई लघुवित्त उपकार र ग्रामिण विकास लघुवित्त पुष मसान्तसम्म आइपुग्दा नोक्सानमा रहेका छन् । यी दुई लघुवित्तको खुद ब्याज आम्दानी घटेर संचालन मुनाफा समेत ऋणात्मक भएको अवस्थामा नोक्सानी बेहोर्नुपरेको हो ।

    त्यस्तै, सबैभन्दा मुनाफा घट्ने संस्थामा भने गुराँस र किसान लघुवित्त रहेको छ । यी दुवै लघुवित्तको मुनाफा गत आर्थिक वर्षको तुलनामा ९० प्रतिशतभन्दा बढीले नाफा घटेको वित्तीय विवरणले देखाएको छ । अन्य पाँच लघुवित्तको पनि यस अवधिसम्म ७० प्रतिशत भन्दा बढीले नाफा घटेको छ ।

    मुनाफा बढाउने ४ लघुवित्त

    गत आर्थिक वर्षको तुलनामा यस अवधिसम्म मुनाफा बढाउनेमा आरएमडीसी लघुवित्त, साना किसान लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स र आरएसडीसी लघुवित्त रहेका छन् । सो मध्ये पनि सबैभन्दा बढी मुनाफा बृद्धि गर्नेमा आरएसडीसी रहेको छ । संस्थाले गत वर्षको तुलनामा यस अवधिमा ६२.३४ प्रतिशतले नाफा बढाएको छ ।

    त्यस्तै, दोस्रोमा फर्स्ट माइक्रोफाइनान्सले ३८.३५ प्रतिशत, साना किसान विकासले ३४.३३ प्रतिशत र आरएमडीसीले २२.५८ प्रतिशतले नाफा बढाएको छ ।

    कुनले कति नाफा आर्जन गरे ?

    चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा सबैभन्दा बढी मुनाफा कमाउने संस्थामा साना किसान विकास लघुवित्त रहेको छ । यस अवधिसम्म लघुवित्तले सबैभन्दा बढी ४३ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, जीवन विकास लघुवित्तले पनि सो अवधिसम्म २६ करोड ४७ लाख ८८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

    तेस्रोमा आरएमडीसीले २० करोड ६५ लाख, निर्धन उत्थान लघुवित्तले १६ करोड ८५ लाख, एनआइसी एशिया लघुवित्तले १४ करोड ९२ लाख र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले १४ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ ।

    यस्तै, अन्य ८ वटा संस्थाले १० करोडभन्दा मुनि नाफा आर्जन गरेका छन् भने बाँकी सातवटा संस्थाले लाखको दर्जामा मुनाफा आर्जन गरेका छन् ।

    23-microfinance-data.jpg

    (बीमापोष्ट)

    प्रकाशित मिति :माघ २६ २०७९ बिहिवार - १५:००:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij