Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिवराज जङ्गको ‘मुना’ सार्वजनिक

शिवराज जङ्गको ‘मुना’ सार्वजनिक


  • 9.7K
    Shares

    शिवराज जङ्गको ‘मुना’ सार्वजनिक

    काठमाडौं । गायक शिवराज जङ्गमको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ ।

    घरायसी तथा व्यावहारिक समस्याले बाध्यतावश वैदेशिक रोजगारीका लागि विदेशिनुपर्दा आफ्ना श्रीमती तथा परिवारलाई सम्झाइबुझाइ गरी मनमा पीडा बोकेर हिँड्नुपरेको कथाव्यथा समेटेर भिडियो तयार पारिएको निर्देशक नवीन भट्टले बताए ।

    गायक जङ्गमकैै रचना तथा सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन मञ्जिलविक्रम केसीले गरेका छन् । भिडियोमा सन्दीप श्रेष्ठ र अनु थापा मगरको अभिनय छ । गीतको छायाङ्कन ज्ञान चौलागाईंँले तथा भिडियो निर्देशन र सम्पादन नवीन भट्टले गरेका छन् ।

    गीत फोरक्युब इन्टरटेन्मेन्टबाट निर्माण गरिएको हो । गीतको भिडियो डिएआर मुभीको अधिकृत युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
     

    प्रकाशित मिति :मंसिर ७ २०७७ आइतवार - १३:४८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij