Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

प्रचण्ड, ओली र देउवाबीच सिंहदरबारमा भेटवार्ता

प्रचण्ड, ओली र देउवाबीच सिंहदरबारमा भेटवार्ता


  • 2.1K
    Shares

    प्रचण्ड, ओली र देउवाबीच सिंहदरबारमा भेटवार्ता

    काठमाडौँ । प्रमुख दलका तीन शीर्ष नेताबीच सोमबार भेटवार्ता भएको छ ।  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा एमाले अध्यक्षा प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि तीन नेताबीच छलफल भइरहेको स्रोतले जानकारी दियो । भेटमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासका साथसाथै समग्र राजनीतिक विषयमा छलफल केन्द्रीत रहेको बताइएको छ

    सत्तासीन माओवादी केन्द्र र कांग्रेसका नेताहरु राष्ट्रिय सहमतिको सरकारमा पक्षमा छन् भने एमाले यसबारे सकारात्मक देखिँदैन । प्रधानमन्त्री प्रचण्डले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने प्रयास भइरहेको बताउँदै आएका छन् ।

    प्रकाशित मिति :माघ २३ २०७९ सोमवार - १५:३२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij