Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ग्रामीण क्षेत्रलाई लक्षित गरि नबिल बैंकको शाखा विस्तार

ग्रामीण क्षेत्रलाई लक्षित गरि नबिल बैंकको शाखा विस्तार


  • 1.9K
    Shares

    ग्रामीण क्षेत्रलाई लक्षित गरि नबिल बैंकको शाखा विस्तार

    नेपाल राष्ट्र बैंकबाट क वर्गको ईजाजात पत्र पाएको नबिल बैंकले शाखा विस्तार गरि सञ्चालनमा ल्याएको छ । ग्रामीण क्षेत्रमा आफनो सेवा सुविधा उपलब्ध गराउने उद्येश्य शाखा विस्तार गरेको बैंकले जनाएको छ ।

    जिल्लाको गलकोट नगरपालिका वडा नं ३ हटिया बजारमा बैंकले नयाँ शाखा विस्तार गरेको नबिल बैंकका गण्डकी प्रदेश प्रमुख सुर्य रोकाले जानकारी दिए । बैंकले देशैभर आफ्नो शाखा विस्तार गर्ने क्रममा गलकोटमा २ सय ४७ औं शाखा सञ्चालनमा ल्याएको उनले बताए ।

    देशका विकसित, अर्ध–विकसित तथा ग्रामीण स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउँदै अत्यावश्यक वित्तिय सेवा नागरिकलाई प्रत्याभुत गराउँदै आएको नबिल बैंकले बागलुङ सदरमुकाम बाहिर जिल्लामा दोस्रो शाखा सञ्चालन गरेको नबिल बैंक गलकोट शाखाका प्रवन्धक सुन्दर सापकोटाले जानकारी दिए ।

    सन् १९८४ देखि आफ्ना ग्राहकलाई समय अनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंककोे हाल देशभर २ सय ४७ शाखा, १७ एक्सटेन्सन काउन्टर र २ सय ७६ वटा एटिएम सञ्चालनमा रहेको बैंकले जनाएको छ ।

    यस शाखा मार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण डिजिटल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायी र आम सर्वसाधारण नागरिक माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

    बैंकले आफ्नो सेवा थप सुदृढ अनि व्यापक बनाउने प्रतिवद्धता गरेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका ठाउँमा आक्रामक रुपमा आफनो शाखा विस्तार गर्दै आईरहेको छ ।

    नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रमा नविनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ ।

    प्रकाशित मिति :माघ २३ २०७९ सोमवार - १४:३९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij