२०८२ भाद्र ३ गते मंगलवार
गोरखा । अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको गएराती कार दुर्घटनामा मृत्यु भएको छ ।
शहीदलखन गाउँपालिका-८ छापथोक घर भई बिगत तीनर्षदेखि अमेरिकी सेनामा कार्यरत २३ वर्षीय सुरेश श्रेष्ठको राती करिब १० बजे मृत्यु भएको परिवार श्रोतले जानकारी दिएको छ ।
उनी सवार २०२० टोयोटा कोरोला साउथ अन आई ३५ कारलाई नोबल काउण्टी ओक्लाहोमा राजमार्गमा अर्को सवारीसाधनले ठक्कर दिएको थियो ।
टाउको र शरीर भित्र गम्भीर चोट लागेका उनलाई सेण्ट मेरिज रिजनल मेडिकलमा उपचार गर्दागर्दै मृत्यु भएको मृतकका आफन्त राजेश श्रेष्ठले बताए ।
श्रेष्ठ विगत पाँच वर्ष अघि अध्ययनका लागि अमेरिका गएका थिए । सैनिक तालिम पूरा गरी तीन वर्षअघि घरमा आएर फर्किएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij