Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

बागमती प्रदेश सभाको बैठक आज २ बजे बस्दै

बागमती प्रदेश सभाको बैठक आज २ बजे बस्दै


  • 2.2K
    Shares

    बागमती प्रदेश सभाको बैठक आज २ बजे बस्दै
    images

    बागमती प्रदेशसभाको बैठक आजका लागि आह्वान भएको छ। प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक आज दिउँसो २ बजेका लागि डाकिएको हो।

    प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो। मंसिर ४ मा भएको निर्वाचनपछि शुरु भएको प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म ६ वटा बैठक बसेको छ।

    बैठकले सभामुख र उपसभामुख चयन, मुख्यमन्त्रीलाई विश्वासको मत दिनेसँगै ५ वटा अध्यादेश स्वीकृत गरेको छ। प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, नेकपा एकीकृत समाजवादी पार्टीका ७, राप्रपाको १३, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ गरी १ सय १० जना प्रदेशसभाका सदस्य छन्।

    प्रकाशित मिति :माघ २२ २०७९ आइतवार - ११:५५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij