Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मोटरसाइकल दुर्घटनामा किशोरको मृत्यु

मोटरसाइकल दुर्घटनामा किशोरको मृत्यु


  • 1.9K
    Shares

    मोटरसाइकल दुर्घटनामा किशोरको मृत्यु

    विराटनगर :मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा मोटरसाइकल दुर्घटना हुँदा एकजना किशोरको मृत्यु भएको छ । 

    खोर्साने–केराबारी सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ३२ प ८४६१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बिहीबार दिउँसो दुर्घटनामा परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । 

    उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक केराबारी गाउँपालिका–६ घर भएका १६ वर्षीय जोशन लिम्बूको मृत्यु भएको हो । 
    दुर्घटनामा गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा साँझ ५:५० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको हो । 

    मृतक चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) समेत नभएको पाइएको छ । प्रारम्भिक अनुसन्धानबाट उनी लागूऔषधका सेवनकर्ता भएको खुलेको छ । 

    प्रकाशित मिति :माघ २० २०७९ शुक्रवार - १२:१९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij