Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रचण्डलाई ओलीको जवाफ – रविलाई गृहमन्त्री बनाउन किन पूर्णपाठ चाहियो ?

प्रचण्डलाई ओलीको जवाफ – रविलाई गृहमन्त्री बनाउन किन पूर्णपाठ चाहियो ?


  • 2.6K
    Shares

    प्रचण्डलाई ओलीको जवाफ – रविलाई गृहमन्त्री बनाउन किन पूर्णपाठ चाहियो ?

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिनुपर्ने बताएका छन् । बिहीबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले पूर्वसहमती अनुसार गृहमन्त्रालय रास्वपालाई नै दिनुपर्ने बताए ।

    अध्यक्ष ओलीले रविलाई गृहमन्त्रालयमा फर्काउन अदालतको पूर्णपाठ नचाहिने तर्कसमेत गरेका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको पूर्णपाठ नआएसम्म रविलाई गृहमन्त्री नबनाउने बताएका थिए ।

    पत्रकारहरुले ओलीलाई रविको नागरिकता विवादको विषयमा अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय नदिने भनेर प्रधानमन्त्रीले भन्नुभएको छ नी ? भनेर सोधेको प्रश्नमा ‘पूर्णपाठ किन चाहियो, कण्ठ गर्नलाई हो ?’ भन्दै जवाफ दिएका थिए ।

    रविलाई गृहमन्त्री दिनुपर्ने विषयमा कुनै छलफल आवश्यक नभएको अध्यक्ष ओलीको भनाइ छ ।

    उनले गठबन्धनमा कुनै खटपट नभएको पनि जिकिर गरे । उनले गृहमन्त्री र राष्ट्रपतिको विषयका कारण सत्ता गठबन्धनमा कुनै समस्या नआउने पनि स्पष्ट बताएका छन् ।

    प्रकाशित मिति :माघ १९ २०७९ बिहिवार - १३:३५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij