२०८२ माघ ७ गते बुधवार
पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा सञ्चालनमा रहेका पसलेहरुले पर्यटकलाई दुःख दिएको भन्दै बन्द गर्ने चेतावनी दिएको छ ।
कोषले आज एक सूचना जारी गर्दै पसलेहरूले स्वदेशी तथा विदेशी पर्यटकलाई अशिष्ट भाषा बोल्ने, जबरजस्ती तान्ने जस्ता अशोभनीय व्यवहार गर्ने गरेको भन्दै सात दिनभित्र उक्त कार्य बन्द नभएमा उक्त स्थानबाट पसल हटाउने जनाएको हो ।
साथै फूल तथा पूजा सामग्री पसल सञ्चालकले मूल्य एकरुपता कायम गर्न मूल्यसूची सार्वजनिक गरी सबैले देख्ने स्थानमा राख्ने व्यवस्था गर्न पनि कोषले सूचित गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij