Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विभागलाई तोसिमाको प्रश्न: दाँत चम्काउने, कपाल उमार्ने औषधिका गुणस्तर कस्ले मापन गरिरहेको छ?

विभागलाई तोसिमाको प्रश्न: दाँत चम्काउने, कपाल उमार्ने औषधिका गुणस्तर कस्ले मापन गरिरहेको छ?


  • 1.9K
    Shares

    विभागलाई तोसिमाको प्रश्न: दाँत चम्काउने, कपाल उमार्ने औषधिका गुणस्तर कस्ले मापन गरिरहेको छ?

    स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री तोसिमा कार्कीले अनलाइन सपिङ र औषधिको विज्ञापनतिर नियमन गर्नुपर्ने बताएकी छिन्। आज औषधि व्यवस्था विभागको अनुगमन र ब्रिफिङ कार्यक्रममा उनले अनलाइन सपिङ र औषधिको विज्ञापनतिर नियमन गर्नुपर्ने बताएकी हुन्।

    'बजारमा दाँत चम्काउने, कपाल उमार्ने र पाचन प्रणालीलाई राम्रो बनाउने भनिएका औषधिका विज्ञापनहरुको गुणस्तर कस्ले मापन गरिरहेको छ ? यसको तथ्याङ्क र समाधानका बाटाहरु के-के हुन सक्छन् यसका उपायसहित आउनूहोस्', उनले भनिन्।

    मन्त्रालयकी सचिव देवकुमारी गुरागाइँले विभाग आवश्यक जनशक्ति व्यवस्थापन गर्न लागिपरेको बताएकी थिइन्। विभागका महानिर्देशक भरत भट्टराईले अन्तर्राष्ट्रियस्तरको संरचना नहुँदा विभागको क्षमता विस्तार हुन नसकेको गुनासो गरेका थिए।

    प्रकाशित मिति :माघ १७ २०७९ मंगलवार - १६:२५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij