Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

माया खोलाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

माया खोलाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 2.0K
    Shares

    माया खोलाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

    माया खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेकाे छ। लगानीकर्ताले आज माघ १७ गते मंगलबार कार्यलय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। हाइड्रोपावरले माघ १३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो।

    कम्पनीले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो। यो मध्ये १०% अर्थात् १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ।

    यसैगरी, ५% अर्थात् १ लाख २० हजार कित्ता सामुहिक लगानी कोष र २% अर्थात् ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १९ लाख ९२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    सीडीएसका अनुसार माघ १६ गते सोमबारसम्ममा ९ लाख ७५ हजार ७०८ जनाले १ करोड १२ लाख १९ हजार १३० कित्ताका लागि आवेदन दिएका छन्। यो मागभन्दा ५.६३ गुणा बढी आवेदन हो। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्।

    लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

    इक्रा नेपालले निष्काशनकर्ता कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम जनाउने ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ।

    प्रकाशित मिति :माघ १७ २०७९ मंगलवार - १२:१२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij