Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एकीकृत समाजवादीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र - जनतालाई बाँच्न धौ-धौ भो, महँगी नियन्त्रण गर्नुस्

एकीकृत समाजवादीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र - जनतालाई बाँच्न धौ-धौ भो, महँगी नियन्त्रण गर्नुस्


  • 2.5K
    Shares

    एकीकृत समाजवादीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र - जनतालाई बाँच्न धौ-धौ भो, महँगी नियन्त्रण गर्नुस्

    नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ।

    आज बालुवाटार पुगेर एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइरहेको र जनतालाई बाँच्नसमेत धौ-धौ भइरहेको भन्दै ज्ञापन पत्र बुझाएका हुन्।

    मजदुर, किसान र सर्वसाधारण जनताले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेकोसमेत ज्ञापन पत्रमा उल्लेख छ।

    बढ्दो महँगी नियन्त्रण गर्नसमेत अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग माग गरेका छन्। महँगी बढ्दै जाँदा जनतामा निराशा र राजनीति प्रति नै वितृष्णा देखिएको एकीकृत समाजवादीको भनाइ छ।

    ‘आम जनताका समस्या समाधान गर्दै निराश हुनबाट जोगाउनु सरकारको कर्तव्य हो,’ ज्ञापन पत्रमा भनिएको छ। पुस २६ मा सरकारलाई विश्वासको मत दिए पनि एकीकृत समाजवादी प्रतिपक्षमा छ। देशको आर्थिक संकट समाधानका लागि सरकारले तत्कालै कदम चाल्नुपर्ने मागसमेत एकीकृत समाजवादीको छ। 

    आर्थिक संकट समाधानका लागि देशले अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन ढिला गर्न नहुने सुझाव पनि उक्त पार्टीले दिएको छ।

    संविधानमा उल्लेखित आर्थिक नीति कडाइका साथ लागू गर्नुपर्ने, युवा, विद्यार्थी र बौद्धिक जनशक्ति पलायन रोक्न कदम चाल्नुपर्ने, देशभित्रै पठनपाठनको व्यवस्था बनाउनुपर्ने, कृषि उत्पादन र बिक्रीका योजना बनाउनुपर्ने सुझावसमेत एकीकृत समाजवादीको छ।

    जलविद्युत आयोजनाका कामलाई तीव्रताका साथ अघि बढाउनुपर्ने, वैदेशिक लगानी भित्र्याउनुपर्ने, अनौपचारिक क्षेत्र वा लुकाइएको रकम अर्थतन्त्रको मुलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागू गर्न पनि एकीकृत समाजवादीको सुझाव छ।

    बैंक तथा वित्तिय संस्थाहरूको बचत तथा ऋण नीतिमा तत्काल सुधार गर्न पनि एकीकृत समाजवादीको माग छ। 

    CPN-US-1-768x1024.jpeg

    CPN-US-2-737x1024.jpeg

    CPN-US-3-768x990.jpeg

    प्रकाशित मिति :माघ १७ २०७९ मंगलवार - ११:०४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij