२०८२ भाद्र २ गते सोमवार
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । आज राष्ट्रिय सभागृहस्थित मेयरको च्याम्बरमा भेटवार्ता भएको हो।
भेटमा स्थानीय सरकारका मातहतमा रहेका सहकारी संस्थालगायत वित्तीय संस्थाहरुको नियमन, निरीक्षण र दुरगामी नीति/कार्यविधि तर्जुमा गर्नेबारे छलफल भएको महानगरले जनाएको छ।
आगामी दिनहरुमा आवश्यक समन्वयन, सहकार्य र छलफल गरेर अगाडि बढ्ने निर्णय पनि गरिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij