Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साना किसान र आरएमडिसी लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

साना किसान र आरएमडिसी लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति


  • 2.6K
    Shares

    साना किसान र आरएमडिसी लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति
    साना किसान लघुवित्त र आरएमडीसी लघुवित्तले मर्जरका लागि नेपाल राष्ट्र बैंकको सैद्धान्तिक सहमति पाएका छन् । राष्ट्र बैंकले विभिन्न शर्तहरु सहित यी दुई लघुवित्तलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको हो ।
     
    साना किसान र आरएमडीसीले गत भदौ ३१ गते एक आपसमा गाभिएर कारोबार गर्ने सम्झौता गरेका थिए । यी दुई लघुवित्तले १००ः८७ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति गरेका थिए । 
     
    अर्थात, आरएमडीसी लघुवित्तको १०० कित्ता सेयरलाई मर्जरपछि बन्ने कम्पनीको ८७ कित्ता सेयर कायम हुनेगरी स्वाप रेसियो तय गरिएको हो । मर्जरपछि साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्नेगरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
    63d749ad12aaa.jpg 63d749adbef75.jpg 63d749b346091.jpg

    प्रकाशित मिति :माघ १६ २०७९ सोमवार - ११:१९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij