Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

भूकम्प जाने हल्लापछि जुम्ला र मुगुका बासिन्दा रातभर सडकमा जागराम

भूकम्प जाने हल्लापछि जुम्ला र मुगुका बासिन्दा रातभर सडकमा जागराम


  • 2.3K
    Shares

    • images
    भूकम्प जाने हल्लापछि जुम्ला र मुगुका बासिन्दा रातभर सडकमा जागराम
    images

    भूकम्प आउँछ भन्ने हल्ला भएपछि जुम्ला र मुगुमा बासिन्दा रातभर सडकमा जागराम गरेका छन् ।

    जुम्ला सदरमुकाममा केही मानिसहरु घर बाहिर निस्केर आगो बालेर बसिरहेका छन् । मानिसहरुले दुःख पाएपछि स्थानीय प्रशासनको आदेशमा प्रहरीले भ्रामक सूचना फैलाउने व्यक्तिको खाजी सुरु गरेको छ । जुम्लाको माइनस डिग्री कठ्यागि्रंदो चिसोमा मानिसिहरु भूकम्प आउँदैछ भन्ने हल्लाले बाहिर बस्न बाध्य भए । भूकम्प आउने कुरा भ्रामक हो भनेर कतिपयले सामाजिक संजालमा सकारात्मक सन्देश पनि दिइरहेका छन् ।

    भूकम्प आउँदैछ भन्नेबारे स्थानीय प्रशासनलाई समेत टेलिफोन आइरहका छन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले आफूलाई रातभर फोन आएर हैरान बनाएको बताए ।

    उनले यस्तो हल्ला फैलाउने व्यक्तिलाई कारबाही गरिने बताए । ‘यता प्रशासनमा पनि फोनहरु आइरहेका छन् । यो भ्रामक हल्ला हो । मानिसहरुलाई यसरी दुःख दिनेको खोजी कार्य सुरु भएको छ ।’

    कणर्ाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय विपत् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाका अनुसार भूकम्प आउने पूर्वअनुमान गर्नसकिंदैन, सहजै अनुमान गर्न सकिंदैन । उनले यो हल्लाको पछि नलाग्न र सचेत भने सधैं हुनेपर्ने बताए ।

    प्रकाशित मिति :माघ १६ २०७९ सोमवार - ०७:०८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij