Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पोखरामा फेरि २ जनाले गरे आत्मदाह, घाइतेको अस्पतालमा उपचार हुँदै

पोखरामा फेरि २ जनाले गरे आत्मदाह, घाइतेको अस्पतालमा उपचार हुँदै


  • 4.2K
    Shares

    पोखरामा फेरि २ जनाले गरे आत्मदाह, घाइतेको अस्पतालमा उपचार हुँदै

    इलामका प्रेमप्रसाद आचार्यले काठमाडौँमा आत्मदाह गरेको घटना नसेलाउँदै पोखरामा दुई जनाले आत्मदाह प्रयास गरेका छन् ।

    पोखरा महानगरपालिका— १३ मा पर्ने काहुँखोलामा २ जनाले आत्मदाह गरेको बताइएको छ । यसरी आत्मदाहको प्रयास गर्नेमा काहुँखोलाकै स्थानीय बासिन्दा संगीता सापकोटा र कृष्णबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    तर उनीहरुलाई जल्दै गरेको अवस्थामा तत्कालै छिमेकीहरुले उद्धार गरेका थिए । स्थानीयका अनुसार क्षेत्रीले बाथरुमभित्र पसेर आफ्नै शरीरमा पेट्रोल हाली आगो लगाएका थिए । उनलाई जोगाउन जाँदा सापकोटाको शरीरमा पनि आगो लागेको बताइएको छ । अहिले दुवै जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

    क्षेत्रीले के कारणले आगो लगाए भन्ने तथ्य खुल्न सकेको छैन । प्रहरी घटना विवरण अध्ययन गरिरहेको बताइएको छ ।

    प्रकाशित मिति :माघ १५ २०७९ आइतवार - १३:२९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij