Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

१४ हजार ७ सय ५२ शिक्षकको विज्ञापन किन रोकियो ? लाइसेन्स ७,१७,१०५ यसरी परे मर्कामा 

१४ हजार ७ सय ५२ शिक्षकको विज्ञापन किन रोकियो ? लाइसेन्स ७,१७,१०५ यसरी परे मर्कामा 


  • 10.3K
    Shares

    १४ हजार ७ सय ५२ शिक्षकको विज्ञापन किन रोकियो ? लाइसेन्स ७,१७,१०५ यसरी परे मर्कामा 

    शिक्षक सेवा आयोगले अब नयाँ संरचनामा शिक्षकको विज्ञापन गर्ने भएको छ । गत वर्षको असोजमा संशोधन भएको शिक्षक सेवा आयोग (दशौँ संशोधन) नियमावलीले नयाँ संरचना अनुसार विज्ञापन गर्नुपर्ने व्यवस्था गरेसँगै आयोगले पनि त्यसै अनुसार विज्ञापन गर्ने भएको हो । खुला र बढुवा तर्फ गरेर आयोगले प्राथामिक तह, निम्म माध्यामिक तह र माध्यमिक तहमा गरि १४ हजार ७ सय ५२ पदका लागि विज्ञापन गर्नु पर्ने  जनाएको छ । आयोगका अनुसार  २ हजार ६ सय ९१ बढुवा तर्फ र १२ हजार ६१ खुल्लातर्फको पद रहेको छ। आयोगले बढुवा शिक्षकतर्फ प्रावि प्रथम तहमा ३ सय ८४, प्रावि द्वितियमा १ हजार ३ सय २५, निमावि प्रथमतर्फ ६९, निमावि द्वितियतर्फ ३ सय ६४, मावि प्रथमतर्फ ९९, मावि द्वितियतर्फ ४ सय ५० गरी जम्मा २ हजार ६ सय ९१ पदको विज्ञापन गर्नु पर्ने  आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए । 

    नियमावलीमा व्यवस्था गरिए अनुसार आयोगले माध्यामिक र निम्न माध्यामिक तहको विज्ञापन प्रदेशस्तरमा र प्राथमिक तहको विज्ञापन जिल्लास्तरमा गर्नेछ । यसअघि भने, माध्यामिक र निम्न माध्यामिक तहको विज्ञापन विकास क्षेत्र अनुसार र प्राथमिक तहको विज्ञापन जिल्ला अनुसार गरिदै आएको थियो । अब नियमावली संशोधन भएसँगै निम्न माध्यमिक र माध्यमिक तहको हकमा आयोगले अब रिक्त शिक्षकको पदपूर्ति प्रदेशस्तरमा गर्नेछ ।

    साथै नियमावलीले आयोगले रिक्त शिक्षक पदपूर्ति गर्न आवश्यक विवरण खुलाई राष्ट्रियस्तरको पत्रपत्रिकाको माध्यमबाट विज्ञापन गराउनु पर्ने उल्लेख गरेको छ । नियमावलीमा आयोगले शिक्षक नियुक्तिलाई व्यवस्थित गर्न विभिन्न चरणमा विज्ञापन गर्न सक्नेछ भन्ने व्यवस्था पनि उल्लेख गरिदिएको छ ।

    नियमावलीमा भनिएको छ, ‘आयोगले रिक्त शिक्षक पदपूर्ति गर्न आवश्यक विवरण खुलाई राष्ट्रियस्तरको पत्रपत्रिकाको माध्यमबाट विज्ञापन गराउनु पर्नेछ । यसरी विज्ञापन गर्दा प्राथमिक तहको हकमा जिल्लागत निम्नमाध्यामिक तहको हकमा प्रदेशस्तरमा विज्ञापन गर्नु पर्नेछ ।’

    यता शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका निर्माण गरी समयमा विज्ञापन खुलाउन नसक्दा अध्यापन अनुमति पत्र लिएर बसेका हजारौं विद्यार्थी मर्कामा परेका छन् ।

    पदपूर्तिका लागि तथ्यांक पठाउने समयसीमा ऐन नियमावलीमा स्पष्ट किटान नहुँदा यो अवस्था आएको हो । जसका कारण अध्यापन अनुमतिपत्र लिएर बसेका विद्यार्थी आयोगले कहिले विज्ञापन आह्वान गर्ला भन्दै कुरेर बसेका छन् ।

    आयोगका अनुसार हालसम्म ७ लाख १७ हजार १०५ जनाले अध्यापन अनुमति पत्र लिएका छन् । प्राथमिक तहअन्तर्गत २ लाख दुई हजार ७१२, निम्न माध्यामिक तहअन्तर्गत ३ लाख ७० हजार १२ र माध्यामिक तहअन्तर्गत एक लाख ४४ हजार ३८१ जनाले अध्यापन अनुमति पत्र प्राप्त गरेको आयोगले जनाएको छ । तीमध्ये केहीले स्थायी पदपूर्तिमा नाम निकालेका छन् ।

    स्थायी शिक्षक ५८७३७, अध्यापन अनुमतिपत्र लिएका ७,१७,१०५ जना

    शिक्षकको स्थायी नियुक्ति तथा बढुवाका लागि सिफारिस गर्ने, विद्यालयमा अध्यापन गर्न चाहने शिक्षकलाई अध्यापन अनुमतिपत्र दिनेलगायतका अधिकार आयोगलाई दिइएको छ । शिक्षक सेवा आयोगले हालसम्म ५८ हजार ७३७ जनाको स्थायी पदपूर्ति गरेको छ । 

    आयोगले खुला प्रतियोगिता र अस्थायी कार्यरत शिक्षकलाई प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गरेको हो । जसमा प्राथमिक तहमा ३८ हजार ११३, निम्न माध्यामिक तहमा ११ हजार ७०७ र माध्यमिक तहमा ८ हजार ९१८ जनालाई स्थायी पदपूर्ति गरेको छ ।

    स्वायत्त अधिकार नपाउँदा आयोगले सोचेअनुरूप काम गर्न सकेको छैन । हाल आयोगमा ४० जना कर्मचारी रहेका छन् । गत चार महिनायता आयोगमा अध्यक्षसहितका पदाधिकारी छैनन् । जसका कारण नीतिगत निर्णय, लाइसेन्स सच्याउने, बढुवा सिफारिसलगायतका काम अघि बढन सकेका छैनन् । यस्तै १३ हजार शिक्षक दरबन्दी खुला तथा आन्तरिक विज्ञापनमार्फत पदपूर्ति गर्नुपर्ने भए पनि हुन सकेको छैन ।

    ‘शिक्षक सेवा आयोगको छुट्टै ऐन नआएकाले यसले आफ्नो कार्यसम्पादनमा स्वायत्तता पाउन सकेको छैन । माग भएका विषयगत शिक्षक पदबमोजिम पाठ्यक्रमको तालमेल मिलाउन कठिनाइ देखिएको छ ।’

    आयोगले सुरुवात गरेको अनलाइन एप्लिकेसन, ओएमआर मेसिन सञ्चालनका लागि प्राविधिक जनशक्तिको अभाव रहेको आयोगका कर्मचारी बताउँछन् । आयोगका कायममुकायम प्रशासकीय प्रमुख दिनेशकुमार श्रेष्ठले आयोगको कार्य प्रकृतिअुसारको नभएकाले उत्तरपुस्तिका परीक्षण भण्डारणलगायतका कार्यमा कठिनाइ भएको बताए । उनले भने, ‘शिक्षक सेवा आयोगको छुट्टै ऐन नआएकाले यसले आफ्नो कार्यसम्पादनमा स्वायत्तता पाउन सकेको छैन । माग भएका विषयगत शिक्षक पदबमोजिम पाठ्यक्रमको तालमेल मिलाउन कठिनाइ देखिएको छ ।’

    आयोगले प्रश्न बैंक व्यवस्थित गर्न नसकिएको बताएको छ । पदपूर्तिका लागि तथ्यांक पठाउने समयसीमा ऐन नियमावलीमा स्पष्ट किटान नहुँदा वार्षिक कार्यतालिका निर्माण गरी विज्ञापन नियमित रूपमा गर्न नसकेको आयोगले स्पष्ट पारेको छ । आयोगको शाखा, प्रदेश कार्यालय नहुँदा कार्यसम्पादन र सेवाप्रवाहमा चुस्तता आउन नसकेको पाइएको छ ।

    शिक्षक सेवा आयोगका पूर्वअध्यक्ष ताना गौतमले शिक्षकको पदपूर्तिका लागि नियमित रूपमा विज्ञापन खोल्नुपर्ने बताए । उनले भने, ‘शिक्षण पेसालाई आकर्षित बनाउन आवश्यक छ । आयोगलाई काम गर्ने वातावरण दिनुपर्छ । साथै नियमित रूपमा विज्ञापन पनि गर्नुपर्छ।’ 

    विज्ञापन फागुन मसान्तमा खोलेर त्यस पछि लाइसेन्सको परिक्षा लिने बिषयमा छलफल भईरहेको श्रोतको भनाई छ।

    प्रकाशित मिति :माघ २८ २०७७ बुधवार - १३:१९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij