२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको आईपीओ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आईपीओमा आवश्यक मात्रामा आवेदन आइसकेपछि आज बैंकिङ समय पश्चात आवेदन बन्द गरिने बताइएको छ ।
कम्पनीले गत मंसिर ३ गतेदेखि आईपीओ बिक्रीमा ल्याएको थियो । यद्यपि कम्पनीले गत २७ गतेदेखि नै आईपीओ बिक्रीमा ल्याउने भनेको थियो । तर, धितोपत्र बोर्डको निर्देशन पछि कम्पनीले निष्काशन मिति परिवर्तन गरेर मंसिर ३ गतेदेखि आईपीओ बिक्री गर्ने भनेको थियो ।
यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयहरुलाई आईपीओ बिक्री गरिसकेको छ । कम्पनीले पहिलो चरणमा कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । अहिले दोस्रो चरणमा सर्वसाधारणलाई ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्काशन गर्न लागिएको हो ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको कम्पनीको उक्त आइपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
साथै, यस आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी प्लस ९आइएस०’ रेटिङ्ग दिएको छ । यसले कम्पनीको वित्तिय दायित्व मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्ने बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij