Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

उपप्रधानमन्त्री लिङ्देन र बेलायती राजदूत पोलिटबीच भेटवार्ता, के भयो कुराकानी ?

उपप्रधानमन्त्री लिङ्देन र बेलायती राजदूत पोलिटबीच भेटवार्ता, के भयो कुराकानी ?


  • 3.0K
    Shares

    उपप्रधानमन्त्री लिङ्देन र बेलायती राजदूत पोलिटबीच भेटवार्ता, के भयो कुराकानी ?

    उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

    उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा शुक्रबार भएको भेटमा उनीहरूबीच आपसी हित र चासोबारे छलफल भएको थियो । बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले बेलायतले सङ्कट र प्रकोपको समयमा महत्त्वपूर्ण सहयोग गरेको बताए । 

    भेटमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको र त्यसका लागि ऊर्जा मन्त्रालयका निकायसँगको सहकार्यलाई अझै विस्तार गर्ने बताइन् । नवीकरणीय ऊर्जा उत्पादन तथा विद्युत् व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको राजदूत पोलिटले बताइन् ।

    ऊर्जा क्षेत्रका निकायको संस्थागत सबलीकरणमा पनि सहयोग गरिरहेको उनले बताइन् । उपप्रधानमन्त्री लिङ्देनले भूपू  ब्रिटिस गोर्खा सैनिकको समस्या समाधानका लागि राजदूत पोलिटसँग आग्रह पनि गरेका थिए ।

    प्रकाशित मिति :माघ १३ २०७९ शुक्रवार - १६:३८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij