Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

५ अर्बको रिभर्स रिपो जारी गर्दै नेपाल राष्ट्र बैंक, के हो रिपो र रिभर्स रिपो ?

५ अर्बको रिभर्स रिपो जारी गर्दै नेपाल राष्ट्र बैंक, के हो रिपो र रिभर्स रिपो ?


  • 2.4K
    Shares

    • images
    ५ अर्बको रिभर्स रिपो जारी गर्दै  नेपाल राष्ट्र बैंक, के हो रिपो र रिभर्स रिपो ?
    images

    नेपाल राष्ट्र बैंकले आज माघ १२ गते ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ७ दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी गर्न लागेको हो।

    बैकिङ प्रणालीमा अधिक तरलता भएपछि त्यसको व्यवस्थापनका लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्ने गर्छ। यसले तरलतामा तीव्र सुधार हुँदै गएको संकेत गर्छ। 

    तरलता व्यवस्थापनका राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी अधिक तरलता बजारबाट प्रशोचन गर्न लागेको हो। जसअनुसार रिपोको म्याचुरिटी पिरियड अर्थात बैंकहरुले रिपोमा राखेको रकम फिर्ता पाउने समय माघ १९ गतेलाई तोकिएको छ। 

    जारी रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने र त्यस्ता संस्थासँग मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। 

    रिपोमा सहभागी हुन बैंकहरुले आज दिउँसो २ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्ने छ। परेको बोलकबोलबाट भारित औषतमा ब्याजदर निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।

    राष्ट्र बैंकका एक अधिकारीले पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सुधार हुँदै गएको पुष्टि गरे। ‘अधिक तरलता बढेसँगै व्यवस्थापन गर्न राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो’,अधिकारीले भने। 

    रिपो (Repo)

    बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा छोटो अवधिको लागि तरलता प्रवाह (Liquidity Injection) गर्न प्रयोग हुने उपकरणलाइ रिपो भनिन्छ। यसअन्तर्गत तरलता आवश्यक परेको बैंक तथा वित्तिय संस्थाहरुबाट ट्रेजरी बिल वा विकास ऋणपत्र धितोको रुपमा लिई निश्चित व्याज लिने शर्तमा नेपाल राष्ट्र बैंकले उक्त संस्थाहरु लाइ अल्पकालीन सापटी प्रदान गर्दछ जसले गर्दा बैंकिङ्ग प्रणालीमा तरलता प्रवाह हुन जान्छ।

    यसरी तरलता प्रवाह गर्दा बोलकबोल विधि (Auction Mechanism) बाट सबैभन्दा बढी व्याज तिर्न तयार बैंकलाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँट गरिन्छ र भुक्तानी मितिमा बैंक तथा वित्तिय संस्थाबाट एकमुष्ट रुपमा साँवा व्याज रकम असुल गरी धितोको रुपमा राखेको ट्रेजरी बिल वा विकास ऋणपत्र फिर्ता गरिन्छ।

    रिभर्स रिपो (Reverse Repo)

    बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिकाे लागि तरलता प्रशोचन (Liquidity Mop-up) गर्न प्रयोग हुने उपकरणलाइ रिभर्स रिपो भानिन्छ। यसमा बैंक तथा वित्तिय संस्थालाई निश्चित व्याज तिर्ने गरी नेपाल राष्ट्र बैंकले तोकिएको रकम ती संस्थाबाट सापटी लिने काम गर्दछ जसले गर्दा बैंकिङ्ग प्रणालीको तरलतामा कमी आउँदछ।

    यसरी सापटी लिदा नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा भएको ट्रेज़री बिल्स तथा विकास ऋणपत्र धितोस्वरूप राख्नु पर्ने हुन्छ र यसमा तिर्नुपर्ने ब्याज बोलकबोल प्रक्रियाबाट निर्धारण हुन्छ । बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा कम व्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग सापटी लिने काम गरिन्छ ।

    प्रकाशित मिति :माघ १२ २०७९ बिहिवार - १२:५१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij