Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

नेपाल एसबीआई बैंकको नाफा ५०.३९ र खुद ब्याज आम्दानी ५५.९१ प्रतिशतले वृद्धि

नेपाल एसबीआई बैंकको नाफा ५०.३९ र खुद ब्याज आम्दानी ५५.९१ प्रतिशतले वृद्धि


  • 1.9K
    Shares

    नेपाल एसबीआई बैंकको नाफा ५०.३९ र खुद ब्याज आम्दानी ५५.९१ प्रतिशतले वृद्धि

    नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म १ अर्ब १७ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। 

    बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा गत वर्षको तुलनामा ५०.३९ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ७८ करोड २७ लाख नाफा आर्जन गरेको थियो। 

    सो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २१ करोड रुपैयाँ रहेको छ। यस्तै, पुस मसान्तसम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ४९.८८ प्रतिशतले बढेको छ। 

    गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब ११ करोड रुपैयाँ कमाएको उक्त बैंकले चालु आर्थिक बर्षमा १ अर्ब ६६ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।

    समीक्षा अवधिसम्म बैंकले २ अर्ब ६७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब ७१ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले ब्याज आम्दानी ५५.९१ प्रतिशतले बढेको छ। 

    चुक्तापुँजी ९ अर्ब ८२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १०.०५ प्रतिशतले बढेर ६ अर्ब ४१ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा ५ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो।

    समीक्षा अवधिसम्म बैंकले १ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

    बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ०.४७ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल ०.१४ प्रतिशत थियो। 

    यता, खुद नाफामा वृद्धि भएपछि प्रतिसेयर आम्दानी पनि ८.३ रुपैयाँले बढेर २३.९६ रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा प्रतिसेयर आम्दानी १५.९३ रुपैयाँ रहेको थियो। पीई रेसियो १३.३३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७७.६९ रुपैयाँ रहेको छ।

    प्रकाशित मिति :माघ १२ २०७९ बिहिवार - ११:३६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij