Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

कर्णाली मन्त्रिपरिषदले पायो पूर्णता, माओवादीका ४ र एमालेका ३ मन्त्री

कर्णाली मन्त्रिपरिषदले पायो पूर्णता, माओवादीका ४ र एमालेका ३ मन्त्री


  • 1.8K
    Shares

    कर्णाली मन्त्रिपरिषदले पायो पूर्णता, माओवादीका ४ र एमालेका ३ मन्त्री

    कर्णाली प्रदेश मन्त्रिपरिषदले पूर्णता पाएको छ। बुधबार मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद विस्तार गरेका हुन्। जसमा एमालेबाट ३ र माओवादीबाट मुख्यमन्त्रीसहित ४ जना मन्त्री बनेका छन्। सात सदस्यीय मन्त्रिमण्डलको कार्यविभाजनसमेत गरिएको छ। 

    विस्तारित मन्त्रिपरिषद अनुसार मुख्यमन्त्री राज कुमार शर्मा– मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, विनोदकुमार शाही– आर्थिक मामिला तथा योजना मन्त्रालय, मंगल बहादुर शाही– भौतिक पूर्वाधार, भिम प्रकाश शर्मा–भूमि व्यवस्था, कृषि तथा सहकारी, कृष्ण बहादुर जिसी– आन्तरिक मामिला तथा कानून, सामाजिक विकास र जीतबहादुर मल्ल– पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।

    नेकपा (माओवादी केन्द्र)बाट थपिएका मन्त्रीहरुमा जिसी सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (२)बाट र शर्मा सल्यान प्रदेश सभा (१)बाट निर्वाचित भएका थिए। ८ सदस्यीय मन्त्रिमण्डललाई घटाएर सोमबार ७ सदस्यीय मन्त्रिमण्डल बनाइएको हो। 

    गत पुस २७ गने मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका राजकुमार शर्माले दोस्रो दिन (पुस २८) गते दुई मन्त्रीसहित पद तथा गोपनीयताको शपथ ग्रहण गरे।

    प्रकाशित मिति :माघ ११ २०७९ बुधवार - १८:१९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij