Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

खानेपानी मन्त्रीद्वारा पदभार ग्रहण, कर्मचारीलाई दिए यस्तो निर्देशन

खानेपानी मन्त्रीद्वारा पदभार ग्रहण, कर्मचारीलाई दिए यस्तो निर्देशन


  • 1.6K
    Shares

    खानेपानी मन्त्रीद्वारा पदभार ग्रहण, कर्मचारीलाई दिए यस्तो निर्देशन

    काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले आज पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले केही नयाँ काम गर्नका लागि आफूले नचाहँदा नचाहँदै खानेपानी मन्त्रालय सम्हाल्न आइपुगेको बताए ।

    सरकार र पार्टीबीचको तारतम्य नमिलेर मन्त्रालय सम्हाल्न ढिलो भएको बताउँदै उनले प्रधानमन्त्री प्रचण्ड, खानेपानी मन्त्रालयका सचिव र एक सांसदको आग्रहमा आफू मन्त्रालय सम्हाल्न बाध्य भएको प्रस्ट पारे ।

    मन्त्रालयको विषयमा पटक-पटक प्रधानमन्त्री प्रचण्डसँग छलफल भएको र उनको आग्रहमा आफूले मन्त्रालय सम्हालेको बताए । 

    खानेपानी मन्त्रालयका सचिवले पनि मन्त्रालयमा आउन पटक–पटक आग्रह गरेको उनले सुनाए । उनले एक जना सांसदले पनि मन्त्रालय सम्हाल्न आग्रह गरेको जानकारी दिए । उनले यिनै तीन कारणले मन्त्रालय सम्हाल्न आएको समेत बताए । 

    आफू केही गर्ने वाचाका साथ मन्त्रालयका सम्हाल्न आएको भन्दै मन्त्री खानले अनुशासित र इमानदारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन पनि दिए । उनले भने, ‘राम्रो र इमानदारीपूर्वक काम गर्नेको हरहमेसा मेरो साथ रहन्छ । अरु दायाँ-बायाँ गर्न पाइँदैन इमानदारीपूर्वक काम गर्नेको साथमा म हुन्छु ।’ उनले एक घर, एक धाराको व्यवस्था, १० हजार लिटर पानी निःशुल्क, लिफ्टबाट पानी दिँदा बिजुली निःशुल्क गर्ने जस्ता कार्यक्रम सरकारले नीति तथा कार्यक्रममा राखेको बताए ।

    खानेपानी क्षेत्रमा देखिएको समस्या समाधान गर्ने गरी आफूले काम गर्ने बताउँदै उनले गुणस्तरीय पानीको परीक्षणका लागि एउटा इकाई बनाएर अस्पताल र विमानस्थल लगायतका विभिन्न सार्वजनिक ठाउँमा पानी परीक्षणको व्यवस्था मिलाउने बताए ।

    प्रकाशित मिति :माघ ११ २०७९ बुधवार - १६:५६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij